राजनीति


सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५५ किलोको मालाले स्वागत

सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५५ किलोको मालाले स्वागत

शनिबार बिहान सिमरा विमानस्थलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेता-कार्यकताले लगाइदिएको ५१ किलोको माला।


नेपालखबर
भदौ १४, २०८२ शनिबार ११:८, काठमाडौँ

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार पर्साको वीरगन्ज पुगेकी छन्। 

काठमाडौँबाट बाराको सिमरास्थित विमानस्थल हुँदै उनी वीरगन्ज पुगेकी हुन्। 

सिमरा विमानस्थलमा उनलाई एमाले नेता-कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। 

भण्डारीलाई एमाले नेता-कार्यकर्ताहरूले ५५ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।

उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि पूर्वराष्ट्रपति भण्डारी वीरगन्ज पुगेकी हुन्। 

त्यसअघि सिमरा विमानस्थल पुग्दा उनको स्वागत गर्न एमाले नेता-कार्यकर्ताका साथै स्थानीय महिलाहरू पनि लामबद्ध भएर उपस्थित भएका थिए। 

भिडिओ:

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता खारेज गरे तापनि भण्डारी राजनीतिबाट पछि हटेकी छैनन्। 

एमालेले आफ्नो कार्यालयको ढोका नै बन्द गरे पनि उनले यही भदौ ५ गते काठमाडौँको थापागाउँमा सम्पर्क कार्यालय खोलेर आफ्ना राजनीतिक गतिविधि तीव्र पारेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad