राजनीति


यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन : अर्थमन्त्री पौडेल

यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन : अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८२ बिहिबार १३:२०, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन्।

काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली कांग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन्।

‘कांग्रेस-एमाले दुई वटा दलको शक्तिशाली सरकार छ,’ पौडेलले भने, ‘अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्नै सक्दैन। २०८४ सम्म यो सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न। स्थिर शक्तिशाली सरकार यही हो। यतिबेला के काम गर्नुपर्ने भन्ने हिसाबले काम गरिएको छ।’

चालु आर्थिक वर्षको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उनले दाबी गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad