भोटेकोसी नदीमा एक व्यक्ति बेपत्ता भएका छन्। आज (भदौ १२) गते बिहान सवार ११ बजे काभ्रेको भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकैबाट २३ वर्षीय महेश दर्जी बेपत्ता भएका हुन्।
बेपत्ता दर्जीको खोजीमा प्रहरी चौकी दोलालघाटबाट वरिष्ठ सई सुनकाजी तामाङको नेतृत्वको टोली पुगेको छ। प्रहरी र स्थानीयले खोजी तीव्र पारेका छन्।
57
Shares

प्रतिक्रिया