राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सदाचार नीतिको मस्यौदा लोकतन्त्रमा आधारित समाजवादउन्मुख नभएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै यस्तो आपत्ति जनाएका हुन्। उनले स्पष्ट संरचना समेत नभएको कारण कुनैपनि हालतमा यो सदाचार नीति लागू गर्न नमिल्ने जिकिर गरे।
उनले सदाचार नीतिबाट आफूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहेको उल्लेख गरे। उनले बाघ भगाउन बम पड्काउनुपर्ने भन्दै भ्रष्टचारीलाई कारबाही गर्नेबारे नीतिमा कहाँ उल्लेख छ? भन्दै प्रश्न गरे। उनले संविधानमै लोकतन्त्रमा आधारित समाजवाद उल्लेख गरिएपनि नेताहरूले व्यवहारमा लागू गर्न नसकेको आरोप लगाए।
उनले भने, ‘यो सदाचार नीतिबाट हामीले के चाहेका छौं भने भ्रष्टाचार समाप्त होस्। यो नीतिबाट स्वर्गमा कस्तो हुन्छ भन्ने सुन्छौं त्यो सबै प्राप्त गर्न सकियोस् भन्ने तरिकाले आएको छ। यो कुनैपनि हालतमा लागु हुदैन। लागू हुँदैन, हुँदैन, हुँदैन।’
उनले भने, ‘नेताहरु सधैंभरी समाजवाद उन्मुख हुने हो भन्छन् तर गर्न सक्दैनन्। यी नेताहरुले देशलाई बर्बाद गरेका छन्। र कसरी जानुपर्छ भनेर कसैलाई पनि विश्वासमा लिन नसकेर मैले किताब लेखे। तर कसैले आलोचना गर्नुभएन।’
शिर्ष तहको बोली र व्यवहार फरक भएकै कारण मुलुक बर्बादीतर्फ गइरहेको उनको आरोप छ।
Shares

प्रतिक्रिया