राजनीति


पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख बिना स्थायित्व हुँदैनः सापकोटा

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख बिना स्थायित्व हुँदैनः सापकोटा

नेपालखबर
भदौ ८, २०८२ आइतबार १७:४८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिए।

वडा अध्यक्षका उम्मेदवारले मात्रै डेढ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था अवस्था रहेको उल्लेख गर्दै उनले खर्चिलो निर्वाचन प्रणाली कायमै रहे व्यवसायी र उद्योगी मात्र उम्मेदवार हुने अवस्था आउनसक्ने भन्दै सबै राजनीतिक दलहरु सजक हुन आवश्यक रहेको बताए।

उनले निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गीय समावेशितासहित पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिए। उनले वित्तीय क्षेत्रमा समेत असमानता देखिन थालेको भन्दै उनले संविधान संशोधनमार्फत स्थायित्व कायम गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली यति धेरै खर्चिलो छ। वडा अध्यक्षले नै डेढ करोड खर्च गर्नुपर्ने छ। यसलाई नियन्त्रण गर्न सकिएन भने भोलिको दिनमा व्यवसायी र उद्योगिले मात्रै उम्मेदवारी दिनुपर्ने अवस्था छ। त्यसकारण हामीले समग्रतामा संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख बनाउनुपर्छ।’

उनले थपे, ‘हामीले अगामी दिनमा संविधान संशोधनमार्फत  पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाएर अस्थिरता हटाउने गरी अगाडि बढाउनुपर्छ।’

पूर्ण समानुपाति निर्वाचन प्रणाली बनाएर राजनीतिक दलले एकल बहुमतको सरकार चलाउन सक्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad