कैलाली जिल्लाको धनगढी उपमहानरपालिका–१९ फूलवारी गाउँस्थित एक घरबाट सशस्त्र प्रहरीले करीब ६० लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल पार्ट्स बरामद गरेको छ।
भारतबाट अवैध रुपले ल्याई सो घरमा भण्डार गरी १० वटा पोकामा राखेको मोबाइल पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीले बरामद गरेको हो।
विशेष सूचनाको आधारमा बरामद सामान कस्ले ल्याएको हो भन्ने नखुलेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन्।
बरामद मोबाइल पार्ट्स आवश्यक कारबाहीको लागि सत्ती भन्सार कार्यालय टीकापुरमा बुझाइएको छ।
114
Shares

प्रतिक्रिया