राजनीति


भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै

भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै

नेपालखबर
भदौ ७, २०८२ शनिबार ७:१४, काठमाडौँ

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन आज नेपाल आउँदैछिन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी तीन दिन औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउने भएकी हुन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन्।

उपराष्ट्रपति सुआनले आज भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण गर्ने कार्यक्रम छ। भियतनामकन तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हुने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ प्रतिनिधिमण्डलीय द्विपक्षीय वार्ता हुने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन्।

यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

उपराष्ट्रपति सुआन भ्रमण यही भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad