माओवादी केन्द्रका नेता सुदन किराँतीले वरिष्ठ कलाकार मनोज गजुरलको नजरमा आफू मान्छे बन्नै बाँकी रहेको भन्दै सामाजिक सञ्जालमा रमाइलो पोस्ट गरेका छन्।
कलाकार गजुरेल र आफूले सँगै आयुर्वेदिक उपचार गराइरहेको तस्बिर फेसबुकमा साझा गर्दै उनले ‘एमाले छाडेर गजुरेल मान्छे बने पनि आफूले माओवादी छाड्न नसकेको’ बताएका हुन्।
‘मन खोलेर बोल्ने प्रसिद्ध कलाकार मनोज गजुरेल, हाँस्यव्यंग्य क्षेत्रको हिमचुलीसँग उपचार केन्द्रमा भेट भयो। उहाँले ठट्टिदै भन्नुभयो- म पहिला एमाले थिएँ। एमाले छोडेपछि मान्छे भएँ,’ किराँतीले कलाकार गजुरेलसँगको संवादको प्रशंग उद्धृत गर्दै सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘सम्झेँ उहाँको नजरमा म चाहीँ मान्छे भइसकेको छैन। फेरि सम्झेँ तर ‘झोले’ पनि मान्छे नै त हो! अनि चित्त बुझाएँ!’

1.9k
Shares

प्रतिक्रिया