संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला (खरेल) ले सिमानामा थप सुरक्षा जाँच र व्यवस्था परीक्षणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार विज्ञप्ति निकालेर सभापति निरौलाले ‘नेपालको दक्षिणी सीमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकहरु तथा पर्यटन व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न एवं दक्षिणतर्फको नेपालको सिमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रवन्ध मिलाउनुपर्ने’ आवश्यकता औंल्याएकी हुन्।
यस्तै, उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कुनै पनि समस्या परे सम्बन्धित देशमा रहका कूटनीतिक नियोगसँग सम्पर्क गर्न आग्रह पनि गरेकी छन्।
अहिलेको असहज परिस्थितिमा तत्काल संसदीय समितिको बैठक बस्न सक्ने अवस्था नरहेकोले समितिका सदस्यहरुबीच छलफल र परामर्शका लागि वैकल्पिक व्यवस्थाको खोजी भइहेको पनि सभापति निरौलाले जनाएकी छन्।

प्रतिक्रिया