३८ जना चिकित्सकको एउटा टोली लिएर यति एयरलाइन्सको जहाज सुदूरपश्चिमका लागि उडेको छ। आज काठमाडौंबाट कोरोना संक्रमितको संख्या धेरै भएको सुदूरपश्चिमको धनगढीका लागि चिकित्सकको टोली लिएर जहाज उडेको हो।
स्वास्थ्य र जनसंख्या मन्त्रालयको अनुरोधमा त्रिभुवन विमानस्थलबाट दिउँसो सवा १ बजे यति एयरलाइन्सको एटीआर ७२ उडेको कम्पनीले जनाएको छ।
उक्त टोलीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि काम गर्ने बताइएको छ ।

प्रतिक्रिया