नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका छन्।
उनले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रुपमा चित्रण गरे।
उनले त्यस्ता राजनीतिक दलहरूले आज १० वर्ष जनयुद्ध लडेको माओवादी र लामो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताए।
यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको जिकिर गरे। उनले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताए।
उनले भने, ‘अस्ति भर्खरै ६ महिना खुलेको पार्टी, हामी १० वर्ष लडेर आएको पार्टीलाई माओवादीलाई झन्डै उछिन्ने ठाउँमा किन पुग्यो र अरु दुई पार्टीलाई कसरी थ्रेट भइरहेको छ? दुईवटा पार्टीहरू ठूला मिलेर झन्डै दुई तिहाईको सरकार बनेको छ। नेताहरूमाथि प्रश्न किन उठिरहेको छ? कुनै विचार छैन, राजनीति छैन, कुनै लक्ष्य छैन, त्याग छैन, बलिदान छैन। जेल, नेल कहीँ, युद्ध केही पनि बलिदान छैन कसरी यो भइरहेको छ? यो हाम्रो माथि प्रश्न हो। लोकतान्त्रिक गणतन्त्रमाथिको प्रश्न हो। हामीले यो बुझ्नुपर्दछ।’
उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पु¥याउनुपर्ने बताए।
Shares

प्रतिक्रिया