नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताएका छन्।
बुधबार काठमाडौँमा स्वर्गीय प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पुर्याउन नसक्ने पनि बताए।
उनले पुरानाहरुले पनि रैथाने भ्रष्ट जिन्दवाद, खानदानी भ्रष्ट जिन्दवाद भन्ने स्थितिमा रहेको बताए। ।
‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ। सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दवाद हो। हामी पुरानाहरू रैथाने भ्रष्ट जिन्दवाद भन्न खोजेको हो कि?,' उनले भने, 'हामी पुराना हौँ खानदानी भ्रष्ट जिन्दवाद भन्नुपर्ने जस्तो। अरु तर्क हरायो। मुलुकमा तर्क छैन, शहरमा तर्क छैन, राजनीतिमा तर्क हरायो। यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ।'
Shares

प्रतिक्रिया