राजनीति


प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव आज नेपाल आउँदै

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव आज नेपाल आउँदै

नेपालखबर
भदौ १, २०८२ आइतबार ६:४१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्।

उनी आइतबार दिउँसाे १ बजे भारतीय सेनाकाे विमानमार्फत काठमाडौँ आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र  विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएको हाे।

ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। 

विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। 

विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किनेछन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालभ्रमणमा आउन लागेका हुन्। 

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad