समाज


सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

तस्बिर/रासस


नेपालखबर
भदौ १, २०८२ आइतबार ७:१८, काठमाडौँ

सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडक खण्डमा आज बिहान चार बजेर २० मिनेट जाँदा ठूला चट्टानका पत्रसहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। 

सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले बताए। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिँदा यात्रुले सास्ती पाएका छन्। 

पहिरोले अहिले सडक दुईतर्फी नै बन्द भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad