नागरिक उन्मुक्ति पार्टी (नाउपा) का महासचिव एवम् संसदीय दलका नेता गंगाराम चौधरी कारबाहीमा परेका छन्।
अध्यक्ष रञ्जिता श्रेष्ठले नेता गंगारामलाई संसदीय दलको नेतासहित महासचिव पदबाट पनि कारबाही गरेकी हुन्।
चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टी हित विपरीत काम गरेको अध्यक्ष श्रेष्ठको दाबी छ।
‘उहाँलाई दुईपटकसम्म स्पष्टीकरण सोधियो। तर चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो’ अध्यक्ष श्रेष्ठले नेपालखबरसँग भनिन्।
अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार कारबाहीको सूचना पठाएकी छन्।
पार्टी कब्जा गर्ने प्रयास फेरि भयो फेल : रञ्जितासँग किन बारम्बार हारिरहेका छन् रेशम?
नाउपा संस्थापकहरूको यही साउन १५ गतेको भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको थियो। तर, निर्वाचन आयोगले साउन २७ गते उनैलाई अध्यक्षको मान्यता दिएको थियो।


1.1k
Shares

प्रतिक्रिया