राजनीति


४ वर्षपछि जनार्दनले माइन्युटमा गरे हस्ताक्षर

४ वर्षपछि जनार्दनले माइन्युटमा गरे हस्ताक्षर

नेपालखबर
साउन १९, २०८२ सोमबार १५:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ४ वर्षपछि पार्टी उपमहासचिवका रुपमा पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गरेका छन्। 

अहिलेसम्म पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नगरेकोमा शर्माले स्थायी समिति बैठकमा आत्मालोचना समेत गरेका छन्। आत्मालोचनापछि उनले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गरेका हुन्।  

शनिबार नेपालखबरले शर्माले ४ वर्षदेखि उपमहासचिवका रुपमा माओवादी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको खबर सर्वाजनिक गरेको थियो। 

माइन्युटमा हस्ताक्षर नगरेकोमा सोमबारको स्थायी समिति बैठकमा बरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पनि शर्माको आलोचना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad