राजनीति


प्रचण्डले जनार्दनलाई भने- आत्मसमीक्षा गर्नुहोस्

प्रचण्डले जनार्दनलाई भने- आत्मसमीक्षा गर्नुहोस्

नेपालखबर
साउन १९, २०८२ सोमबार १३:४१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। 

सोमबार स्थायी समिति बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले शर्मालाई आत्मसमीक्षा गर्न भनेका हुन्। 

बैठकमा बोल्ने स्थायी समितिका अधिकांश सदस्यले पार्टीबाहिर बोलेर गल्ती गरेको भन्दै शर्मालाई आत्मालोचाना गर्न सुझाव दिएका थिए।

आइतबार बैठकबाट बाहिरिने क्रममा पनि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले जसले गल्ती गरेको हो, उसैले आत्मालोचना गर्नुपर्ने बताएका थिए।

स्थायी समिति बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत लगायतले पार्टीबाहिर नेतृत्वविरुद्ध बोलेर गलत गरेको बताएका थिए। 

त्यस्तै स्थायी समिति सदस्यहरु गणेशमान पुन लगायतले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने मत राखेका थिए। जसलाई अधिकांशले सर्मथन जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad