राजनीति


प्रचण्डले भने- जसले गल्ती गर्‍यो, त्यसले आत्मालोचना गर्नुपर्छ

प्रचण्डले भने- जसले गल्ती गर्‍यो, त्यसले आत्मालोचना गर्नुपर्छ

नेपालखबर
साउन १८, २०८२ आइतबार १७:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्नुपर्ने बताएका छन्। 

आइतबार स्थायी समिति बैठकपछि पार्टी कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘अहिले छलफल चलिराखेकै छ,’ दुवै पक्ष (तपाईं र जनार्दन)ले आत्मालोचना गर्ने कुरा भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘जसले गल्ती गर्‍यो, त्यसले आत्मालोचना गर्ने कुरा हो।’ 

आजको बैठकमा धारणा राखेका उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई लक्षित गर्दैै पार्टीको ३१ लाख मत ११ लाखमा झर्नुको कारण आफू भए आत्मालोचना गर्न तयार रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad