नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयलाई झन्डै ७० दिनदेखि प्रतिनिधिसभामा रास्वपा र राप्रपाले गरेको अवरोध तथा बहिष्कार कहिलेसम्म चल्ने हो? भन्दै प्रश्न गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बैठकको सुरुमै आफ्नो कुरा राख्ने अनि बहिष्कार गर्ने प्रवृत्ति सही नभएको बताएका हुन्।
'सदनमा सुरुमा आफ्नो कुरा राख्ने अनि बहिष्कार गर्ने? आज ७० दिन हुन लाग्यो तर पनि यो यो अभ्यास रोकिएको छैन। सधैँ रोस्टममा उभिएर गाली गर्ने?,' उनले भने, 'भिजिट भिसा भनेको मानव तस्करी हो। झुटो कुरा प्रचार गरेर संसद्लाई कुप्रचार गर्ने?'
उनले यस्तो परिपाटीको अन्त्य नगरे संसद्को गरिमा नरहने बताए उनको भनाइ थियो।
'यो अन्त्य गरिएन भने संसद्को गरिमा रहँदैन। भोलि यसले गर्दा सम्पूर्ण सांसद यसको प्रतिवादमा उत्रिनुपर्ने हुनसक्छ। हामी पनि यसरी गाली गलौजमा उत्रियो भने के हुन्छ? उनले प्रश्न गरे।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग राख्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गर्दै आइरहेका छन्।
Shares

प्रतिक्रिया