राजनीति


शेखर कोइरालालाई पार्टी फुटाउने चाहना छैन : सांसद बजगाईं

शेखर कोइरालालाई पार्टी फुटाउने चाहना छैन : सांसद बजगाईं

नेपालखबर
साउन ४, २०८२ आइतबार १८:५२, काठमाडौँ

नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन्।

आइतबार पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताए।

छलफलमा कोइराले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेका थिए।

‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो, शेखर कोईरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो,’ बजगाईंले भने, ‘पार्टी फुटाउने चाहना, हर्कत गरिरहनुभएको होइन। किन यसरी मुभ गरिरहनुभएको छ भन्ने प्रश्न भयो। अनुकुलअनुसार भेटेर आफ्नो कुरा राख्नुभएको हो। सुशासनको कुरा भएको छ। संसदमा उठेको भिजिट भिसा लगायतका कुराहरुमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरुसँग कुरा राखेको हो भन्ने कुरा राख्नुभएको छ।’

राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad