राजनीति


लिङ्देनले पदमुक्त गरेपछि निर्वाचन आयोगमा गिरी

लिङ्देनले पदमुक्त गरेपछि निर्वाचन आयोगमा गिरी

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष पद खोसिएपछि कानुनी उपचार खोज्न भन्दै मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन्। साउन २ गते शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैबाट हटाउँदै गिरीलाई कारबाही गरेका थिए।  

गिरीले लिङ्देन स्वेच्छाचारी हुँदै गएको भन्दै आरोप लगाएका छन्। उनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पनि नरहने गरी पार्टीबाट कारबाही गरिनु दुखद् भएको बताउँदै कानुनी उपचार खोज्न आयोग आइपुगेको जानकारी दिए। 

उनले भने, 'विधान विपरीत क्रमशः निलम्बन गर्ने प्रक्रिया सुरु भएको छ। मलाई पनि उपाध्यक्ष र केन्द्रीय सदस्यबाट अध्यक्षले सामाजिक सञ्जालबाट जानकारी पाएँ। मेरो राजनीतिक छबि धुमिल गर्ने काम भएकाले मप्रति भएको अन्यायप्रति निवेदन लिएर आएको छु। यसरी गरिएका सम्पूर्ण कारबाहीहरू विधानतः नभएका कारणले प्रक्रिया नमिलेका कुरा सुधार गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।'

कारबाहीको प्रक्रिया नै नमिलेको उनको दाबी छ। 'जीवनभरिको लगानी एकैपटक खारेज गर्न मिल्दैन। कसैलाई कारबाही गर्नुछ भने पनि प्रस्ताव केन्द्रीय समिति हुँदै अनुशासन समितिमा जानुपर्छ, सफाइको अवसर दिनुपर्छ,' उनले भने, 'अनुशासन समितिले कार्यसम्पादन समितिमा लैजानुपर्छ। त्यसपछि अध्यक्षले निर्णय गर्न सक्छन् तर अहिले स्वेच्छाचारी र एकलौटी ढंगले अध्यक्ष गए।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad