राजनीति


घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्छ: गगन थापा

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्छ: गगन थापा

नेपालखबर
असार ३०, २०८२ सोमबार १७:५८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।  

सोमबार काठमाडौँमा आयोजित पार्टीको पेसागत तथा बुद्धिजीवी विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्ने अपेक्षा भए पनि त्यसो नभएको भन्दै आपत्ति जनाएका हुन्।  

'गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो' थापाको गुनासो थियो।  

उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै थपे, 'तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’

उनले यस विषयमा मन्त्रीलाई बर्खास्त गरिसकेपछि गर्न बाँकी धेरै काम हुने बताए। 'यसको दूधको दूध, पानीको पानी हुनुपर्छ,' उनले भने, 'यसमा संलग्न भएका अरू को-को छन् खोजी गर्नुपर्छ।'

उनले अहिले नै कोको माथि कारबाही गर्नुपर्छ भनेर टिकाटिप्पणी गर्नुभन्दा पहिले अनुसन्धान गर्ने दोषी देखिएर कारबाही गरिहाल्ने गर्नुपर्ने पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad