काठमाडौँको मनमैजुमा तीरले लागेर एक जना घाइते भएका छन्।
सोमबार दिउँसो ३ बजेतिर काठमाडौँको तारकेश्वर नगरपालिका ९ मनमैजुस्थित छन्त्याल संघको खेल मैदानमा तीरले लागेर म्याग्दीको बेनी नगरपालिका ४ घर भई हाल मनमैजु बस्ने ४१ वर्षका हरीप्रसाद घर्ती घाइते भएका छन्।
बाग्लुङ्ग घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २४ वर्षका रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हान्ने क्रममा घर्तीलाई लागेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
घाइते घर्तीलाई तत्काल उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ललगिएको छ। उनको घाँटीको दाहिने भागमा तीर गाडिएको छ।
तीर हान्ने छन्त्याललाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको पनि एसपी बोहराले नेपालखबरलाई जानकारी दिए।
1.4k
Shares

प्रतिक्रिया