राजनीति


अनुशासन समितिको कारबाहीको तरिका ठिक भएन: गगन थापा

अनुशासन समितिको कारबाहीको तरिका ठिक भएन: गगन थापा

नेपालखबर
असार ३०, २०८२ सोमबार १७:२४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय अनुशासन समितिले १८ नेतामाथि गरेको कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित पार्टीको पेसागत तथा बुद्धिजीवी विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्ता निर्णयले पार्टीलाई कमजोर बनाउने भनी टिप्पणी गरेका छन्। 

कांग्रेसको अनुशासन समितिको असार ९-१७ गतेसम्म बसेको बैठकले लुम्बिनीका महामन्त्री, खोटाङमा सभापति, कास्कीका निवर्तमान सभापतिसहितलाई पार्टीबाटै निष्काशन गर्ने कारबाहीको सिफारिस गर्ने निर्णय गरेको थियो। 
 
आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिले गरेको उक्त निर्णय सही नभएको थापाको भनाइ छ।

१८ जना नेता-कार्यकर्तामाथि २०७९ को तीनै तहको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाही गरिएको अनुशासन समितिले जनाएको थियो। 

‘यसबीचमा नमिठो घटना पार्टीभित्र भयो। पार्टी सभापतिजीसँग म कोसिस गर्छु। मेरो अपेक्षा छ- पार्टीभित्र बृहत् एकता बनाउनुपर्छ। हामी अहिले चौतर्फी घेराबन्दीमा छौँ,’ उनले भने, ‘यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्वजस्तै अनुशासन पर्व चल्यो, न यो समयको हिसाबले ठिक भयो, न यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले ठिक छ। यी तरिकाको कामले पार्टीलाई थप कमजोर बनाउँछ।’

अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने भए पनि कारबाहीको तरिका सही नभएको थापाको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad