नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुने बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले आफूहरु सुशासन कायम गर्न, राजनीतिक स्थायित्व दिन बनेको भनेपनि त्यो अहिलेसम्म पुष्टि हुन नसकेको बताए।
संविधान संशोधन, राजनीतिक स्थिरताको अपेक्षा यो सरकारबाट गर्नु नै मूर्खता हुने जिकिर गरे। सरकार अनियमितताको ढाकछोप गर्नको लागि बनेको बताए।
सांसद बस्नेतले भने, ‘हामीले भन्दै आएको कुरा के हो भने यो सरकार सुशासन कायम गर्नको लागि होइन। यि त देखिँदै आएका छन्। अरु आर्थिक विकासका दृष्टिले होस्। संविधान संशोधन गर्ने, राजनीतिक स्थिरता कायम गर्ने विषयहरु थिए, यि सबै विषयहरुमा सरकारबाट अपेक्षा गर्नु नै मूर्खता हो जस्तो भइसक्यो।’
सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताए।
Shares

प्रतिक्रिया