समाज


बद्री केसी नेतृत्वको एनआरएनएले घोषणा  गर्‍यो महाधिवेशन

बद्री केसी नेतृत्वको एनआरएनएले घोषणा  गर्‍यो महाधिवेशन

नेपालखबर
असार २९, २०८२ आइतबार १८:२९, काठमाडौँ

सर्वोच्च अदालतले आफूलाई मान्यता दिएको दाबी गर्दै बद्री केसी समूहद्वारा एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गरिएको छ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले आगामी १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र बनाएको जानकारी दियो।

हालसम्म ७२ हजार सदस्यता वितरण गरिसकेको र करिव ५ हजार सदस्य स्वीकृत हुन बाँकी रहेको संघले जनाएको छ। वर्तमान कार्यसमिति डा. बद्री केसीको अध्यक्षतामा विधानतः कार्यरत रहेको र सर्वोच्च अदालतले समेत वैधानिकता पुष्टि गरिसकेको दाबी गर्दै संघले अगामी अक्टोवरमा महाधिवेशन गर्न कुनै रोकावट नरहेको जनाएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले १२औं महाधिवेशनका लागि हालसम्म १५ वटा राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए। महाधिवेशनका लागि निर्वाचन समिति, अनुगमन समिति र न्यायिक समिति समेत गठन भइसकेको उनको भनाइ छ। 

उनले संघभित्रको एकतालाई मुख्य एजेन्डा बनाउँदै सबै पक्षका लागि ढोका खुला राखिएको स्पष्ट पारे। ‘हामीले एकताको लागि सबैका लागि बाटो खुला गरेका छौँ,’ केसीले भने, ‘राष्ट्रिय समन्वय परिषद्को सदस्य बन्दादेखि नै अब विवाद गरेर बस्ने समय छैन भनेर हामीले सबैलाई सदस्य बन्न भनेर आह्वान गरेका थियौँ। राष्ट्रिय समन्वय समितिको चुनावमा पनि हामीले सबै पक्षका साथिहरुलाई त्यही नै भनिरहेका छौँ। र अन्तर्राष्ट्रिय समन्वय समितिको चुनावमा पनि हामी सबैका लागि बाटो खुल्ला गरेर गएका छौँ।’

संघले हालसम्म ४ करोड रुपैयाँभन्दा बढी परोपकारी र मानवीय कार्यमा खर्च गरेको जनाएको छ। बाढी, पहिरो, भूकम्प तथा आगलागी पीडितका लागि राहत सहयोग, स्वास्थ्य क्षेत्रमा अक्सिजन प्लान्ट र ब्लड बस हस्तान्तरण, शिक्षा तथा खेलकुद क्षेत्रमा सहयोग लगायतका कार्यहरू संघले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad