राजनीति


टीकापुर घटनामा हत्याको बिल्ला भिरेको छु, बच्चाको हत्यारा भन्छन् : चौधरी

टीकापुर घटनामा हत्याको बिल्ला भिरेको छु, बच्चाको हत्यारा भन्छन् : चौधरी

नेपालखबर
असार २८, २०८२ शनिबार १९:१५, काठमाडौँ

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा आफूलाई सबैभन्दा ठूलो हत्याराको बिल्ला भिराइएको गुनासो गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताए।

आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको भन्दै  मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको जिकिर गरे।

‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु, मार गाली गर्छन्,’ चौधरीले भने, ‘टीकापुर घटनामा सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु। मेरो परिवारको बच्चा मर्‍यो, बच्चाको हत्यारा भन्छन्। हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी उनकाे छ। चाैधरीले भने ‘मान्छे मार्नेहरू उनैसँग छन् फेरि। सँगसँगै छन् । उनले मार्‍यौँ पनि भन्छन्।’


चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad