राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएपछि पार्टीको संस्थापनइतर समूह विरोधमा उत्रिएको छ।
अध्यक्ष लिङ्देनका काम/कारबाहीविरुद्ध राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले टंगालस्थित आफ्नो सचिवालयमा शनिबार संस्थापनइतर नेताहरूको बैठक गरेका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार भेलाले प्रवक्ताबाट लावतीलाई हटाउनु विधानविपरीत रहेको निष्कर्ष निकाल्दै अध्यक्ष लिङ्देनको यो निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको छ।
लिङ्देनविरुद्धको सो भेलामा भेलामा १० पदाधिकारीसहित ५० केन्द्रीय सदस्यको सहभागिता रहेको बताइएको छ।
लिङ्देनले केही दिनअघि मात्रै सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट बर्खास्त गरेका थिए।
‘यो अन्यायपूर्ण छ, यसले पार्टीमा विवाद सिर्जना गरेको छ’, नेपालखबरसँग लावतीले भने।
Shares

प्रतिक्रिया