राजनीति


विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक: झलनाथ खनाल

विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक: झलनाथ खनाल

नेपालखबर
असार २८, २०८२ शनिबार १४:४, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष बन्न लाग्नु सकारात्मक कुरा भएको बताएका छन्।

चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको उद्देश्य लिएर एमालेको नेतृत्वमा फर्किन लागेको हो भने त्यो राम्रो कुरा भएको प्रतिक्रिया दिएका हुन्। 

उनले भने, ‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।’ 

केही दिनअघि मात्र टीभी अन्तर्वार्तामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा फर्किएको बताएकी थिइन्। 

यो विषयमा एमाले नेता-कार्यकर्ता विभाजन भएका छन् र सामाजिक सञ्जालमा तर्क-वितर्क गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad