राजनीति


रास्वपा महाधिवेशनका १८ उपसमिति: कसलाई के जिम्मेवारी? (सूचीसहित)

रास्वपा महाधिवेशनका १८ उपसमिति: कसलाई के जिम्मेवारी? (सूचीसहित)

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुँदै छ।

महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा उद्घाटन हुनेछ। असार ८ र ९ गते मैदान नजिकै रहेको उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्ने छ। महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमिति खटिएका छन्।

कुन उपसमितिमा को?
कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमितिमा संयोजक कविन्द्र बुर्लाकोटी, प्रतिवेदन समन्वयमा भुपदेव शाह, गुनासो व्यवस्थापनमा विपिनकुमार आचार्य, आर्थिक व्यवस्थापनमा अभिषेक घिमिरे, महाधिवेशन प्रतिनिधि व्यवस्थापनमा लिमा अधिकारी, कानुनी समन्वयमा सुलभ खरेल, प्रचारप्रसार तथा सञ्चार समन्वय उपसमिति संयोजकमा मनिष झा रहेका छन्।

रास्वपाका अनुसार सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा दीपकराज बोहरा, सूचना प्रविधिमा सरिता ज्ञवाली, आवास तथा भोजन व्यवस्थापनमा राजन गौतम, अतिथि सत्कारमा ध्रुव गिरी, हल तथा मञ्च व्यवस्थापनमा खुश्बुसरकार श्रेष्ठ, स्वास्थ्य सेवामा डा. तोसिमा कार्की, सांस्कृतिक कार्यक्रममा मोहनबहादुर थापा, यातायात व्यवस्थापनमा शिव नेपाली, स्थानीय समन्वयमा हरि ढकाल, अभिखेलीकरण तथा दस्ताबेजीकरण उपसमिति संयोजकमा गणेश पराजुली रहेका छन्।

त्यस्तै अनुशासन उपसमितिमा केन्द्रीय अनुशासन आयोगका सबै सदस्यहरू र अन्य सदस्यहरू पनि छन्।

हेर्नुहोस् सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad