राजनीति


बालेनको तर्फबाट स्वर्णिमको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेना परिचालन गरिएको छैन

बालेनको तर्फबाट स्वर्णिमको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेना परिचालन गरिएको छैन

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:५८, काठमाडौँ

सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्टीकरण दिएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री शाहको तर्फबाट उत्तर दिँदै अर्थमन्त्री वाग्लेले प्रस्टीकरण दिएका हुन्। ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन,’ उनले भने। 

सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा सेना नभई नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा तथा सहजीकरणको काम गरेको उनको जिकिर थियो। ‘जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्वासीसी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षा र सहजीकरणको प्रबन्ध गरेको बेहोरा जानकारी गराउन चाहन्छु,’ वाग्लेले भने। 

राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि सरकारको नीति तथा निर्देशनअनुसार आवश्यकताका आधारमा नेपाली सेनासहित सुरक्षा निकायको उपस्थिति मुलुकका विभिन्न क्षेत्रमा रहने उनको भनाइ थियो। सुरक्षा निकायको नियमित जिम्मेवारी र सुकुम्वासी व्यवस्थापनका क्रममा भएको सुरक्षा सहजीकरणलाई फरक रूपमा बुझ्न आग्रह गरे। 

‘मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकको सबै भूभागमा आवश्यकताअनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको बेहोरा माननीयज्यूहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad