नेकपा (माओवादी केन्द्र)ले विधान संशोधन, केन्द्रीय समिति बैठकको मिति तय गर्नका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ।
बिहीबार अपरान्ह पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले साउनको दोस्रो हप्ताभित्र स्थायी समितिको बैठक राख्ने निर्णय गरेको हो।
यसअघि असारभित्र केन्द्रीय समिति राख्ने निर्णय गरेको पार्टीले केही काम बाँकी रहेको भन्दै सो निर्णय गरेको पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए।
‘केन्द्रीय समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाउन भन्ने भयो,’ शर्माले नेपालखबरसँग भने, ‘हामी पदाधिकारीले मात्र केन्द्रीय समितिको निर्णय गर्नुभन्दा स्थायी समितिले गर्न उपयुक्त हुन्छ भनेर निर्णय गर्यो।’
Shares

प्रतिक्रिया