निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ।
बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै समितिका संयोजक जीवन परियारले अब कार्यविधि पारित गर्न मात्रै बाँकी रहेको बताए।
‘हिजो हामीले कार्यविधिका बारेमा छलफल अघि बढाएका थियौँ, त्यो कार्यविधि अब अन्तिम चरणमा पुगेको छ,’ परियारले भने, ‘हामीले त्यसलाई पारित गर्न मात्रै बाँकी छ। काम कसरी अघि बढाउने भन्नेमा छलफल गरेका छौँ। कार्यविधिलाई अन्तिमरुप प्रदान गरेका छौँ।’
निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो।
Shares

प्रतिक्रिया