राजनीति


बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन प्रचण्डको आग्रह

बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन प्रचण्डको आग्रह

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १०:५६, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। उनले बाढीबा६ भएको क्षतिप्रति दुःख पनि व्यक्त गरेका छन्। 

‘बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ,’ प्रचण्डले भनेका छन्, ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत  र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु।’ 

उनले आफ्नो पार्टीका सबै तहका नेता-कार्यकर्तालाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्। 

मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा  सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नु पर्नेमा पनि उनको जोड छ।

‘म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछु,’ प्रचण्डले भनेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad