ad ad

राजनीति


मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

नेपालखबर
चैत २९, २०७६ शनिबार ७:३८,

मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको हो।

प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरे।

उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताएका छन्।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उनको भनाइ छ।

“हामीले अझै केही समय यही अवस्थाको सामना गर्नु पर्ने भएको छ, यसले धेरैलाई समस्यामा पार्दछ भन्ने हामीले बुझेका छौँ, तर यसको पालना गर्नु हाम्रो बाध्यता हो,” प्रधानमन्त्री यासिनले भने।

कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उनले बताए।

उनले भने, “कोरोना भाइरस विरुद्धको लडाई अझै सकिएको छैन, त्यसैले हामीले लडिरहनु पर्ने भएको छ।”

मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागू गरिएको शनिबार २५ दिन भइसकेको छ। गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो।

त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ भने अहिले घोषणा गरिएको लकडान १५ अप्रिलदेखि २८ अप्रिलसम्म लागू हुनेछ।

औषधी, खाद्य पदार्थलगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सवैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गरे।

लकडाउनका कारण मलेसियाको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको र यसले धेरै पछिसम्म असर गर्न सक्ने अधिकारीहरुले बताएका छन्।

शुक्रबारसम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .