नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा नेपाली समुदायसँगको भेटघाट गरेका छन्।
अवैतनिक महावाणिज्यदूत ऋषि गुणाखर ढकालद्वारा आयोजना गरिएको
कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदान गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ।
सो अवसरमा श्रेष्ठले पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको बताए।
उनले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताए।
लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले नेपाली संघसंस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए।
श्रेष्ठले कार्यक्रममा नेपालका वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावनाहरू, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था, तथा विदेशी भूमिमा रहेका नेपालीहरूबाट हुने अपेक्षाका सन्दर्भमा आफ्नो धारणा प्रस्तुत गरे। सहभागीहरूले राखेका जिज्ञासा र सुझावहरूबारे जवाफ दिएका थिए।
Shares

प्रतिक्रिया