प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन्।
उनलाई माइल्ड हार्टअट्याक भएपछि शनिबार बिहान सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो।
डा भट्टराईको मुटुमा समस्या देखिएकाले उनको एन्जियोप्लास्टी गरिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्।
‘उहाँको अवस्था अहिले सामान्य छ,’ शनिबार बिहान फेसबुकमा प्रमुख सल्लाहकार रिमालले लेखेका छन्।
3
Shares
प्रतिक्रिया