ad ad

छापा खबर


सनी लियोनीका पति भन्छन्- पोर्न स्टार पत्नी पाउँदा निकै खुसी छु

सनी लियोनीका पति भन्छन्- पोर्न स्टार पत्नी पाउँदा निकै खुसी छु

नेपालखबर
चैत २९, २०७६ शनिबार ४:११,

पूर्वपोर्न स्टार एवं अभिनेत्री सनी लियोनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको उनका पति डेनियल वेबरले बताएका छन्।

आफ्नो दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाउँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका खबर आजको राजधानी दैनिकले छापेको छ।

‘मलाई पोर्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ। सनी हिट पोर्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ,’ पति वेबरले भने,‘ मैले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको थिएँ। म त्यो क्रममा सुटिङमा थिएँ र पहिलो नजरमै उनलाई मन पराएँ।’

त्यतिबेलासम्म सनी पोर्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि यी अभिनेताले बताए।

पहिलो भेटघाटमै आफूहरू नजिक भएको र त्यसपछि सनीसँग तीन वर्ष प्रेममा रहेको पनि उनले जानकारी गराए। परिवारको सहमतीमा सनी र वेबरले सन २०११ मा विवाह गरेका थिए।

सनी र वेबरले सन्तान नजन्माउने निधो गरे। उनीहरूले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .