ad ad

समाज


काेराेना: अमेरिकामा भयो एकै दिनमा विश्वमै अहिलेसम्मकै बढी मृत्यु, शुक्रबार गयो २१ सयको ज्यान

काेराेना: अमेरिकामा भयो एकै दिनमा विश्वमै अहिलेसम्मकै बढी मृत्यु, शुक्रबार गयो २१ सयको ज्यान

नेपालखबर
चैत २९, २०७६ शनिबार ५:३१,

कोरोना भाइरस (कोभिड-१९) का कारण अमेरिकामा एकै दिनमा विश्वमै अहिलेसम्मकै बढी मृत्यु भएको छ।

त्यहाँस्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणले शुक्रबार एकै दिन (२४ घण्टाभित्र) २१ सय ८ जनाको मृत्यु भएको हो।

एकै दिनमा यति धेरै जनाको मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा भएको थिएन।

संसारमै सबैभन्दा बढी संक्रमितको संख्या भएको अमेरिका अब मृत्युका हिसाबले पनि सबैभन्दा बढी क्षति बेहाेर्ने देश बन्ने सम्भावना देखिएको छ।

अहिलेसम्म विश्वमा सबैभन्दा बढी मृत्यु हुने देश इटली हो, जहाँ यो खबर लेख्दासम्म कोरोनाबाट १८ हजार ८ सय ४९ जनाकाे मृत्यु भएकाे छ भने अमेरिकामा १८ हजार ७ सय ६९ जनाको ज्यान गएकाे छ। 

तर अमेरिकामा जुन गतिमा कोरोनाबाट संक्रमण र मृत्यु भइरहेको छ, त्यस हिसाबले कोरोनाबाट सबैभन्दा बढी मानव क्षति बेहोर्ने देश पनि अमेरिका नै बन्ने आशंका बढेर गएको छ।

संक्रमितको संख्या संसारमै सबैभन्दा बढी अमेरिकामा ५ लाख २८ हजार ८ सय ७६ पुगेको छ। यसपपिछ विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा देखिएका छन्। त्यहाँ अहिलेसम्म १ लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन्।

याे पनि : 

कोरोना अपडेटः मृतकको संख्या लाख नाघ्यो, संक्रमित १७ लाख

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .