राजनीति


स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन : निधि

स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन :  निधि

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८२ शनिबार १४:४६, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्।

जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताए।

एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ। मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाए।

निधिले भने, ‘नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार छ। एमाले आउँदैन त के गर्ने? समस्या त यही भइरहेको छ। नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन। मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउनुस् रे। प्रधानमन्त्रीको अधिकार कटौति हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ। सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना भइरहेको छैन। सामूहिक सरोकारको विषयमा अवरोध भइरहेको छ।’

उनले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप बताए।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad