राजनीति


देउवाका भतिजा प्रकाशले अमेरिकाबाटै गरे कांग्रेस सदस्यता अद्यावधिक

देउवाका भतिजा प्रकाशले अमेरिकाबाटै गरे कांग्रेस सदस्यता अद्यावधिक

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १४:३१, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन्।

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार प्रकाश देउवाले सदस्यता अद्यावधिक हुन्। गत भदौमा भएको जेनजी आन्दोलनलगत्तै अमेरिका गएका देउवाले अनलाइनमार्फत सदस्यता उद्यावधिक गराएका छन्। 

सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री देउवाले अनलाइनमार्फत् क्रियाशील अद्यावधिक गर्न आवेदन दिएका थिए। उनको सदस्यता अद्यावधिक भएको छ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभाका सांसद समेत रहेका देउवाको एनसीआईडी ४९५३०७ रहेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad