राजनीति


०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

कलाकार बाबा पाख्रिन लगायतलाई पार्टीमा स्वागत गर्दै प्रचण्ड


नेपालखबर
असार २१, २०८२ शनिबार १५:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र पर्सा-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे।

महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको बताए। उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भूमिका खेलेको बताए। आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने बताए।

प्रचण्डले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ। यही विश्वास छ। मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ।’

उनले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गरे।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad