नेकपा माओवादी केन्द्री सांसद दुर्गा राईले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा को बाट परिचालित भएर निजामती सेवा विधेयकमाथि चलखेल भएको हो? भन्दै प्रश्न गरेकी छन्।
उनले यो विषय सभापति खतिवडाको राजीनामा आउँदैमा समाधान भइहाल्ने खालको पनि नभएको बताइन्।
'सभापतिको राजीनामा नै यसको सोलुसन होइन। छानबिन गर्नुपर्छ। ऐन बनाउने विषय सानो होइन। मुलुकलाई पछि धकेल्ने यो एउटा षड्यन्त्र हो,' उनले भनिन्, 'यो माथिल्लो तहबाट निर्क्यौल गर्ने कुरा हो। प्रधानमन्त्री आएपछि यसमा निर्णय गर्न सकिन्छ। दुईजनाले राजीनामा दिएर समस्या समाधान हुँदैन। सभापति र सचिव माथिबाट प्रयोग हुनुभएको हो।'
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले निजामती सेवा ऐन नै आउन नदिने षडयन्त्र भइरहेको दाबी गरे। 'प्रहरी ऐनमा पनि यसको प्रभाव पर्छ । यो लज्जास्पद घटना भयो। छानबिन गर्नु पर्छ। कुलिङ पिरियडमा खेल भयो । छेडछाड भएको छ' उनले भने।
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सभापति खतिवडा र खतिवडाले मन्त्रीमाथि दोष देखाउने अवस्था आउनु शंकास्पद भएको सुनाए।
Shares

प्रतिक्रिया