राजनीति


अमेरिका भन्छः कोरोनाविरुद्ध प्रभावकारी औषधि पत्ता लगायौं

अमेरिका भन्छः कोरोनाविरुद्ध प्रभावकारी औषधि पत्ता लगायौं

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १:३७,

संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको दाबी गरेका हुन्।

औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी औषधि उत्पादन गरेको ट्रम्पकाे दाबी छ। त्यसको परीक्षण चाँडै सुरु हुने पनि उनले जानकारी दिएका छन्।

उक्त औषधि तथा उपचार पद्धतिप्रति उत्पादक कम्पनी अति नै आशावादी र उत्साही रहेको राष्ट्रपति ट्रम्पलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्मयले जनाएका छन्। 

कारोना भाइरसविरुद्ध औषधि तथा खोप पत्ता लगाउन अहिले विश्वभरका वैज्ञानिक प्रयासरत छन्। तर अहिलेसम्म यसको खास औषधि पत्ता लाग्न सकेको छैन।

अहिले विश्वमै सबैभन्दा बढी काेराेना संक्रमण पनि अमेरिकामै भइरहेकाे छ। त्यहाँ अहिलेसम्म यसबाट मृत्यु हुनेकाे संख्या १६ हजार ६ सय ९१ पुगिसकेकाे वर्ल्डओमिटरले शुक्रबार बिहान जनाएकाे छ। यस्तै अमेरिकामा काेराेना संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगिसकेकाे छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad