समाज


कोरोना भाइरसलाई जितेपछि भाइरल भए यी १०१ वर्षीय वृद्ध

कोरोना भाइरसलाई जितेपछि भाइरल भए यी १०१ वर्षीय वृद्ध

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १:२२,

विज्ञहरूले वृद्ध उमेरका मानिस कोरोना भाइरसको बढी जोखिममा रहेका बताइरहेका बेला बेलायतका १०१ वर्षीय संक्रमित स्वस्थ भएका छन्।

बेलायतको वोरसेस्टरसायरका १०१ वर्षका किथ वाट्सन आफूलाई कोरोना संक्रमण भए पनि निको हुन सफल भएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

तर अस्पतालबाट उनी निको भएर घर फर्किएका छन्। अहिले किथको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad