ad ad

समाज


कोरोना अपडेट : मृतकको संख्या एक लाख नजिक, संक्रमितको संख्या १६ लाख नाघ्यो

कोरोना अपडेट : मृतकको संख्या एक लाख नजिक, संक्रमितको संख्या १६ लाख नाघ्यो

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १:४०,

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ७२ सय ३१ जनाको मृयु भएको वल्र्डओमिटरले जनाएको छ।

शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वभर ९५ हजार ६ सय ९० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १६ लाख ३ हजार ४३७ पुगेको छ।

बिहीबार एकैदिन ८४ हजार ९ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म ३ लाख ५६ हजार ४४० जना उपचारपछि निको भएका छन्।

बिहीबार सबैभन्दा धेरै अमेरिकामा १९ सयको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १६ हजार ६ सय ९१ र संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगेको छ।

त्यसैगरी फ्रान्समा हिजो १३ सय ४१ जनाको मृत्यु भएको छ भने युकेमा ८८१, स्पेनमा ६५५, इटालीमा ६१०, जर्मनीमा २५८, बेल्जियममा २८३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .