प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी राम्रो बोल्ने गरेको बताएका छन्।
शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन स्मृति कार्यक्रममा ओलीले व्यस्तताका कारण कार्यक्रममा पुरै समय बस्न नपाएको बताए।
‘मलाई ५ बजे यरपोर्ट जानुपर्छ,५ : १० मा यरपोर्ट पुग्नुपर्छ,’ कार्यक्रमस्थल छाड्नुअघि ओलीले भने, ‘त्यसकारण समय रहेनर र बीचमै बोल्न खोजेको हुँ। सम्मानीय राष्ट्रपतिले मेरा पनि कुरा सन्नुहोस् न भन्नुहुन्थ्यो।’
ओलीले थपे, ‘तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदै छ। उहिलेदेखि सुन्दै आएको छु। राम्रो बोल्नुहुन्छ। त्यही भएर मैले सुन्न बस्न पर्दैन।’
315
Shares

प्रतिक्रिया