जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन आज शुक्रबार फिर्ता लिइएको नेपालखबरलाई जानकारी दिए।
'हामी सरकारमा थिएनौँ। समर्थन भने थियो आजदेखि समर्थन पनि फिर्ता लिइएको छ' उनले भने।
शुक्रबार पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको बेहोराको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर बुझाएकी हुन्। लुम्बिनीमा काफ्ले जसपा नेपालकी एक्ली सांसद हुन्।
संघीय सरकारमा पनि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीको कार्यकारिणी समितिको बैठकले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर संसदीय दललाई आवश्यक कारबाही गर्न निर्देशन दिइसकेको छ।
यादवले संसदीय दलको बैठक छिटै बस्ने र आवश्यक निर्णय गर्ने बताए।

Shares

प्रतिक्रिया