विराटनगर महानगरपालिका वडा नं. १३ निवासी तथा विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य संजीव कुमार साहको निधन भएको छ।
स्वतन्त्रको तर्फबाट कार्यपालिका सदस्य भएका साहको निधन प्रति महानगरले शोक व्यक्त गरेको छ। आज दिउँसो घरको आँगनमा एक्कासी ढलेका साहको घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन। शरीरका केही भागमा चोट लागेको देखिएको परिवारले जनाएको छ। उनका श्रीमतीसहित १० वर्षीय छोरा छन्।
साहको निधनप्रति विराटनगर महानगरपालिकाका विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू दुःख व्यक्त गरेका छन्। साहले विराटनगरको विकास र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका थिए।
उनी इमानदार र सक्रिय जनप्रतिनिधिका रूपमा परिचित थिए।
564
Shares

प्रतिक्रिया