राजनीति


प्रमुख ३ दलका शीर्ष नेताको बैठक बस्दै

प्रमुख ३ दलका शीर्ष नेताको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८२ बिहिबार १०:५१, काठमाडौँ

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज छलफल हुँदैछ। 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका तीन नेताबीच बिहीबार दिउँसो छलफल हुन लागेको हो। 

समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बुधबारको लागि तय भएको यो बैठक प्रचण्ड चितवनबाट काठमाडौँ नआइपुगेको कारण आजको लागि सारिएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिए। 

प्रमुख दलका तीन नेताबीच संसद्मा रास्वपासहितका दलले गरिरहेको अवरोध र समासामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad